×

चितवन- चितवन उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लिलबहादुर क्षेत्रीले आफ्नो उमेदवारी फिर्ता लिएका छन्।क्षेत्रीले उपाध्यक्ष पदका उम्मेदवार शंकरप्रसाद घिमिरेलाई समर्थन गर्ने निर्णयसहित उमेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्। निर्वाचनमा सहमति र एकताको सन्देश दिनका लागि आफूले यो निर्णय लिएको क्षेत्रीले बताए।

सिरिस पन्त समूहबाट निर्वाचन मैदानमा रहेका घिमिरे संघभित्र बलिया र लोकप्रिय उम्मेदवारका रूपमा चिनिँदै आएका छन्।व्यवसायीहरूमाझ उनको राम्रो पकड रहेको बताइन्छ।लामो समयदेखि  फेन्सी व्यवसायमा सक्रिय घिमिरे  व्यवसायी समुदायसँग घनिष्ठ सम्बन्ध राख्ने र समस्यामा सधैं साथ दिने व्यक्तित्वका रुपमा चिनिन्छन्।

संघको आगामी निर्वाचन पुस २१ गते हुने तय भएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारी फिर्ता र समर्थनका गतिविधि तीव्र बन्दै गएका छन्।

तपाईको प्रतिक्रिया