गैंडाकोटबाट फेरि १४ बर्षीया बालिका बेपत्ता
नवलपुर । गैंडाकोट नगरपालिका वडा नं. ८ की एक बालिका हिजोदेखि हराएकी छन्।गैँडाकोट नगरपालिका वडा नं. ८ करङघारी उज्जवल टोल बस्ने १४ वर्षीया पवी परियार रश्मी हिजो बिहान करिब सवा १० वजेदेखि घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले जानकारी दिनुभयो।
विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा कक्षा ५ मा अध्ययनरत पवी परियार हिजोदेखि बेपत्ता भएपछि शान्तीको परिवार यति बेला भावविव्हल अवस्थामा छ।
परिवारमा जेठी छोरी र एक छोरा रहेको र जेठी छोरी पवी परियार बेपत्ता भएपछि हिजोदेखी नै परिवारले वि...


