Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर  । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको छैन । आज दुई वर्षको पोथी गैंडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं. १७ स्थित अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा करिब २ बर्ष उमेरको पोथी बच्चा गैडा मृत अवस्थामा फेला परेको छ । सो गैडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको अधिकारीले जानकारी  दिनुभयो ।

मृत्युको कारणबारे थप अध्ययनको लागि आवश्यक नमुना संकलन गरी भेटेरिनरी शाखामा पठाइएको उहाँले बताउनुभयो । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म यो सहित २५ वटा गैंडा मरेका छन् । ती मध्ये ४ वटा शिकारीले मारेका हुन् भने २१ वटा प्राकृतिक कारणले मरेका हुन् ।

तपाईको प्रतिक्रिया