×

सुस्मा न्यौपाने
गैँडाकोट । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानमा छुटेका लक्षित वर्गहरुको लागि नवलपुरमा आज पनि खोप लगाईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा आज खोप लगाउन बाट छुटेकाहरुको लागि खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
कार्यालयका प्रमख केशव चापागाँईका अनु्सार विहान १० वजेपछि मध्यविन्दु जिल्ला अस्पताल पुगेर तोकिएका सम्वन्धित सबैले खोप लगाउन सक्नेछन ।
आईतबारदेखि सुरु भएको कोरोना विरुद्धको खोप लगाउने अभियानमा जिल्लामा हिजोसम्म १७५२ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया