Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । गैंडाकोट नगरपालिका वडा नं. ८ की एक बालिका हिजोदेखि हराएकी छन्।गैँडाकोट नगरपालिका वडा नं. ८ करङघारी उज्जवल टोल बस्ने १४ वर्षीया पवी परियार रश्मी हिजो बिहान करिब सवा १० वजेदेखि घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले जानकारी दिनुभयो।

विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा कक्षा ५ मा अध्ययनरत पवी परियार हिजोदेखि बेपत्ता भएपछि शान्तीको परिवार यति बेला भावविव्हल अवस्थामा छ।

परिवारमा जेठी छोरी र एक छोरा रहेको र जेठी छोरी पवी परियार बेपत्ता भएपछि हिजोदेखी नै परिवारले विभिन्न माध्यमबाट छोरीको खोजिकार्य गरिदिन आग्रह गरेको शान्तीले बताईन्। पवीले जिन्स पाईन्ट र सेतो धर्के टिसर्ट लगाएकी थिईन्।

पवीका बुवा हाल बैदेशिक रोजगारीको शिलशिलामा दुवईमा छन्। उनलाई कहीँकतै देख्नु हुने तथा भेट्ने महानुभाबहरुले ईलाका प्रहरी कार्यालय गैंडाकोटको सम्पर्क नं. ९८५७०९०४८० तथा आमा शान्ती परियारको मोबाइल नं. ९८१११४६९५३ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया