Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

सुस्मा न्यौपाने

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर कानुङको आज विहान निधन भएको छ । ४५ वर्षिय कानुङको आज विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले उज्योलोलाई जानकारी दिईन ।
हिजो खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनि विहान पिसाव फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए । वेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केहिबेरमै मृत घोषणा गरेको थियो ।
गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका उनको मृत्युको शोकमा आज गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिने भएको छ ।
अधयक्ष लक्ष्मीदेवि पाण्डेले वडा अधयक्ष कानुङको मृत्युले गाउँपालिकालाई ठुलो क्षति पुुगेको बताउनु भयो । मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि विहान १० वजेपछि गाउँपालिका कार्यालय परिसरमा राखिने छ । उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया