×

कावासाेती — पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ बालुवाडाँडामा प्याराग्लाइडिङ्गको परीक्षण उडान गरिएको छ ।

पहाडमा मात्र हुँदै आएको प्याराग्लाइडिङ्ग पहिलो पटक तराईको जिल्लामा सफल परीक्षण गरिएको हो । आज  बालुवाडाँडाबाट उडान गरिएको बालुवाडाँडा पर्यटन युवा संजालका अध्यक्ष उमेश रानाले बताए । रानाका अनुसार ९ सय मिटर उचाईबाट उडान गरेर २ सय मिटर उचाईको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ्ग ल्यान्ड गरिएको थियो ।नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर परीक्षण उडान गरिएको र सफल भएकाले अब यसलाई निरन्तरता दिने उनकाे भनाई छ ।

परीक्षण उडानका लागि कावासोती नगरपालिकाले सहयोग  गरेको छ । ‘युवाहरुको योजनालाई नगरपालिकाले सहयोग गरेको छ,’कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले भने,‘होमस्टे , जगंल सफारी र पर्यापर्यटन रहेको नगरमा प्याराग्लाइडिङ्ग थपिनुलाई हामीले नगरपालिकाको मात्र नभएर समग्र जिल्लाको पर्यटनमा कोशेढुंगा साबित भएको छ । यसलाई आवश्यक सहयोग नगरले गर्नेछ । ’कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया