Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटाारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा आज मृत गैंडा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैंडा छन् । यस वर्ष नेपालका गैंडा रहेका निकुञ्जमा गणना गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया