×

नवलपुर विशेष

नवलपुरमा ७५६ जनाले कोरोना विरुद्धकोे खोप लगाए

नवलपुरमा ७५६ जनाले कोरोना विरुद्धकोे खोप लगाए
सुस्मा न्यौपाने गैँडाकोट ।सरकारले सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानको दोस्रो दिनसम्म पूर्वि नवलपरासीमा ७५६ जनाले खोप लगाएका छन । मध्यविन्दु जिल्ला अस्पताल, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र प्रस्तावित गैडाकोट नगर अस्पताल खोप केन्द्रबाट सोमबार ७५६ जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कार्यालयका सूचना अधिकारी विर बहादुर श्रेष्ठले उज्यालो खबरलाई दिएको जानकारी अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सबैभन्द...

अदालतले दायाँबायाँ गरे सडकबाटै संसद ब्यूँताउने कांग्रेस नेता गुरुङकाे चेतावनी

अदालतले दायाँबायाँ गरे सडकबाटै संसद ब्यूँताउने  कांग्रेस नेता गुरुङकाे चेतावनी
कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालको संविधानले प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्थाको परिकल्पना समेत नगरेको अवस्थामा प्रधानमन्त्रीले गरेको संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै संविधान हेरेर फैसला गर्न सर्वोच्चका न्यायाधीशहरुलाई आग्रह गरेका छन । सोमबार पूर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै गुरुङले भने “श्रीमान संविधान हेरेर फैसला गर्नुहोला,संविधानमा संसद विघटनको व्यवस्था छैन ।” सर्वोच्च अ...

नारायणगढ-बुटवल सडक विस्तारले गतिलिँदै,गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण

नारायणगढ-बुटवल सडक विस्तारले गतिलिँदै,गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण
कावासोती । देशकै गौरबको आयोजना नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गती लिएको छ । कोभिड – १९ र मजदुर आन्दोलन तथा अन्य विविध प्राविधिक समस्याका कारण प्रभावित बनेको आयोजनाको पूर्वी खण्डको काम अहिले तीब्र पारिएको छ । गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण भईसकेको र देवचुलीको रजहर र कावासोतीको खरकटट जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । यस्तै ठूला पुलको काम पनि तिब्र पारिएको छ । भने सडकको दाँयाबाँया माटो पुरेर लेबल मिलाउने फिलिङ्ग गर्ने , नाला नि...

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने
कावासोती । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुन स्थापनको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले आज  आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत ७७ जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ । यता नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा आज जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गरिएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेले बताएका छन् । कावासोतीमा हुने विरोध सभालाई नेपाली काङ्ग्रेसका ...

आईतबार नवलपुरमा ३६४ जनाले कोरोना विरुद्धको खोप लगाए

आईतबार नवलपुरमा ३६४ जनाले कोरोना विरुद्धको खोप लगाए
सुस्मा न्यौपाने  नवलपुर । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधि र पत्रकारहरुलाई सुरु गरेको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा पूर्वि नवलपरासीमा ३६४ जनाले खोप लगाएका छन । दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र मध्यविन्दु जिल्ला अस्पताल गरि दुईवटा केन्द्रबाट ३६४ जनाले आईतबार खोप सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका सूचना अधिकारी विर बहादुर श्रेष्ठले उज्यालो खबरलाई बताउनुभयो । उहाँका अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै २१० जना स...

सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पोख्रेललाई 

सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पोख्रेललाई 
नवलपुर । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ । युनियनको आईतबार कावासोतीमा सम्पन्न बैठकले पोख्रेललाई पुरस्कर दिने निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए । पच्चिस हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यहि फागुन ७ गते एक समारोहका बिच प्रदान गरिने युनियनका जिल्ला सचिब एबम् प्रबक...

निर्वाचन आयोग चुनावको तयारीमा :आज दलहरुसँग छलफल

निर्वाचन आयोग चुनावको तयारीमा :आज दलहरुसँग छलफल
काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११:३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।‘संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो,’ श्रेष्ठले भने। आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ। उक्...

कोरोना खोप आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई

कोरोना खोप आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई
काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।सरकारले ...

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली 

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए । बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’ ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आ...