×

सुस्मा न्यौपाने 

नवलपुर । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधि र पत्रकारहरुलाई सुरु गरेको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा पूर्वि नवलपरासीमा ३६४ जनाले खोप लगाएका छन ।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र मध्यविन्दु जिल्ला अस्पताल गरि दुईवटा केन्द्रबाट ३६४ जनाले आईतबार खोप सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका सूचना अधिकारी विर बहादुर श्रेष्ठले उज्यालो खबरलाई बताउनुभयो ।
उहाँका अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै २१० जना सुरक्षाकर्मीहरु २१३ जनाले खोप लगाएका छन । त्यसैगरी मध्यविन्दु जिल्ला अस्पतालमा १५१ जनाले आईतबार खोप लगाएको उहाँले बताउनु भयो ।
आईतबार बाट सुरु भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा नवलपुरमा २ जना जनप्रतिनिधि र १ जना पत्रकारले मात्रै खोप लगाएका छन । त्यसैगरी ५४ जना निजामती कर्मचारी ,यसअघि छुटेका ८ जना स्वास्थ्यकर्मीले आईतबार खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाएर कोरोना विरुद्धको अभियानमा सहभागिता जनाउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
सोमबार देखि दोस्रो चरणका लक्षित समूह सबै खोप अभियानमा सामेल हुने अपेक्षा गरिएको छ । दोस्रो चरणको खोप अभियान फागुन ४ गतेसम्म चल्ने छ । सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया