रजहरवाट काठमान्डौका लागि छुटेको माईक्रो धादिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु
कावासोती । पुर्वी नवलपरासीको रजहरबाट काठमाडौका लागि छुटेको माईक्रो बाटोमा रोकिराखेको ट्रक सँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गको चरौंदी बजारमा काठमाडौं तर्फ जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रो बस बेनीघाट चरौंदी बजार रातोघर नजिक रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।
माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थ...


