Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नेकपा ओली निकट राष्ट्रिय युवासंघ जिल्ला कमिटि नवलपुरले संगठन विस्तारलाई आक्रामक रुपमा अघि बढाएको छ ।
संगठनलाई चलायमान बनाउदै लैजाने केन्द्रिय कमिटिको निर्देशन अनुसारनै जिल्ला कमिटि नवलपुरले आफ्ना गतिविधि बढाउदै लगेको छ । यसैक्रममा जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ मा राष्ट्रिय युवासंघको वडा कमिटि गठन गरिएको छ ।
नगर कमिटिका संयोजक हरिचन्द्र भट्टराईको अध्यक्षता तथा राष्ट्रिय युवासंघका जिल्ला संयोजक कृष्ण कंडेलको प्रमुुख आतिथ्यतामा सम्पन्न भेलाले राम प्रसाद सुवेदीको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटि गठन गरेको हो । वडा कमिटिको सहसंयोजकमा सरस्वती अर्याल रहेकी छिन ।
कार्यक्रममा प्रमुख अतिथि युवासंघका संयोजक कृष्ण कंडेलले मुलक जोगाउने दायित्व युवाहरुको काँधमा आएको भन्दै बर्तमान अवस्थामा युवाहरुले कुनै दुविधा नमानी प्रधानमन्त्रीको कदमलाई साथ दिदै अघि बढ्नुको विकल्प नरहेको बताए ।
ताजा जनादेशमा जाने निर्णय नै सच्चा लोकतन्त्र भएको भन्दै उनले आगामी निर्वाचनमा ओली पक्षिय नेकपा नै पहिलो शक्तिको रुपमा आउने दावी गरे । जिल्लामा अधिकासं युवाहरु आफुहरुसँग रहेको भन्दै उनले पदका लागि प्रचण्ड र माधव नेपालले ऐतिहाँसिक भुल गरेको टिप्पणी गरे ।
सो अवसरमा युवा संघका शिक्षा विभागका पूर्व केन्द्रीय सदस्य यज्ञविलास पौडेल, राष्टिय युवासंघका सदस्य पारस खनाल दिपक भट्टराई, चन्द्र बहादुर थापा , नविन पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया