Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपुरका विभिन्न स्थानमाआज विद्युत अवरुद्ध हुने भएको छ ।जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा आज बिहान १० वजेदेखि अपरान्ह २ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

बुटवल नारायणगढ सडक आयोजनाको सडक बिस्तारको क्रममा कावासोती-११ को लोकाहामा रुख कटान गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्र द्वारा जारी सूचनामा जनाईएको छ ।तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया