Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । भरतपुर महानगरपालिका वडा नं. ४ न्यूरोड निवासी ५८ वर्षीय विष्णु प्रसाद सापकोटा बेपत्ता भएका छन् । हिजो विहान ४ वजेदेखि उनि परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।
विहान अन्दाजी ४ वजे घरबाट निस्केका सापकोटा पुल्चोक हुँदै पोखरा बसपार्क सम्म पुगेको प्रहरीको सिसिटिभी फुटेजबाट पत्ता लागेको सापकोटाका छोरा विकास सापकोटाले उज्यालो खबरलाई जानकारी दिए ।
हिजो विहान करिव ५ वजेदेखि सापकोटाले प्रयोग गर्दै आएको मोवाईल समेत अफ भएको उनले बताए । सापकोटाको खोजविनको लागि परिवारले प्रहरी समक्ष निवेदन समेत दर्ता गराएको छ । हिजो दिनभर र आज पनि दिनभर विभिन्न स्थानमा खोजिकार्य गरिएपनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
सापकोटालाई कसैले कहिकतै देखि नजिकैको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८४५४४४४२० मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया