×

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा भोलि (शनिवार) विद्युत अवरुद्ध हुने भएको छ ।
गैँडाकोट नगरपालिकाको वडा १,२,३,४,५,६,७, ८,९ र १८ नम्बर वडाका विभिन्न स्थानमा विहान ११ वजेदेखि अपरान्ह ४ विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
नारायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा जिल्लाको देवचुली नगरपालिकाको मुन्डे खोलादेखि गैँडाकोट शसस्त्र प्रहरी क्याम्प सम्मका रुखहरु कटान गर्न लागेकोले विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया