Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासोती । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुन स्थापनको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले आज  आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत ७७ जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ ।

यता नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा आज जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गरिएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेले बताएका छन् ।

कावासोतीमा हुने विरोध सभालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गर्ने कांग्रेस नवलपुरले जनाएकाे छ ।  जिल्ला सदरमुकाममा विरोध र्‍याली पछि आयोजना हुने विरोध सभामा केन्द्रीय सदस्य गुरुङ सहित काङ्ग्रेसका प्रदेश र जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति लामिछानेले जानकारी दिए । लामिछानेले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उत्रिन नेपाली काङ्ग्रेसका सम्पुर्ण कार्यकर्ता र आम जिल्लावासीलाई समेत अपिल गरेका छ्न ।

तपाईको प्रतिक्रिया