×

सुस्मा न्यौपाने
गैँडाकोट ।सरकारले सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानको दोस्रो दिनसम्म पूर्वि नवलपरासीमा ७५६ जनाले खोप लगाएका छन । मध्यविन्दु जिल्ला अस्पताल, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र प्रस्तावित गैडाकोट नगर अस्पताल खोप केन्द्रबाट सोमबार ७५६ जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विर बहादुर श्रेष्ठले उज्यालो खबरलाई दिएको जानकारी अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सबैभन्दा बढि २९५ जनाले खोप लगाएका छन् । त्यसैगरी मध्यविन्दु जिल्ला अस्पतालमा २८१ जना र प्रस्तावित गैँडाकोट नगर अस्पतालमा १८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जिल्लाका विभिन्न तीनवटा केन्द्र मार्फत आज खोप लगाउने कार्यक्रम तय गरेको थियो । कार्यालयका अनुसार भोलि मध्यविन्दु जिल्ला अस्पताल खोप केन्द्र, रकुुवा प्राथमिक स्वास्थ्य केन्द्र र बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाईने छ । दोस्रो चरणको खोप अभियान फागुन ५ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया