
नवलपुर। नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज वितरण गरिदै छ ।
यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई वितरण गरिने नेपाल प्रेस युनियन नवलपुरका सचिव आशिष रेग्मीले जानकारी दिए । पोख्रेल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष समेत हुन ।
श्रमजिबी पत्रकारको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएका पोख्रेलले विभिन्न सन्चार गृहमा आबद्ध रहेर आफ्नो पत्रकारिता कर्मलाई अगाडी बढाउदै आएका छ्न । वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसि, रामजी दाहाल लगाएतका वरिष्ठ पत्रकारहरुलाई प्रदान गरिएको यो पुरस्कर गत वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो ।
मनकामना आमा समूह कावासोती-८को सभाहलमा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको प्रेस यूनियन नवलपुरले जनाएको छ । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका थिए ।