×

सांकेतिक तस्विर

गोविन्द घिमिरे
गैँडाकोट । पूर्वि नवलपरासीको सदरमुकाम कावासोतीका एक युवालाई कालोमोसो दलेर कुटपिट गरेको आरोपमा ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सवैजना देवचुली नगरपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

कावासोती नगरपालिका वडा नं. ७ का २७ वर्षिय दयाराज पाण्डे लाई कालोमोसो लगाउने, जुत्ताको माला लगाईदिने तथा कुटपिट र गालीगलौज गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले  उज्यालो खबरलाई  जानकारी दिए ।

पक्राउ पर्नेमा देवचुली न.पा. वडा नं. १२ बस्ने ४१ वर्षका मोहोनी लाल तिवारी, सोहि स्थानका बर्ष ५१का गोबिन्द प्रसाद तिवारी, बर्ष १८ का नविन तिवारी, बर्ष ४७ को पदम तिवारी, बर्ष ३५ का लोक प्रसाद भुषाल , र देवचुली नगरपालिका वडा नं. १० का ३१ वर्षका नारायण पाण्डे रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई अभद्र व्यवहार मुद्दा शिर्षकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व) बाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया