भरतपुर एयरपाेर्ट विस्तारको अध्ययन गर्न समिति गठन
चितवन । चितवनको भरतपुर विमानस्थल विस्तारको प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ ।भरतपुर महानगरपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलबिक्रम थापा सदस्य रहेका छ...


