जाँडपार्टीमा मात्तिएका भरतपुर विद्युतका कर्मचारीद्वारा पत्रकार कृष्ण आचार्यमाथि कुटपिट
चितवन । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसो देखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् ।
कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार...


