चितवन ।राप्ती नगरपालिका वडा न. १० वडा समितिको कार्यालयमा भुमिहीन, सुकुम्बासी हरुका लागि नाप नक्साको निस्सा वितरण सुरु गरिएको छ। आगामी दशै अगावै लालपुर्जा बाड्ने गरि सो निस्सा वितरण गरिएको हो।

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको संयोजकत्वमा आयोजित सो कार्यक्रममा उप पमुख देवेन्द्र लामा, वडा न.१० का वडा अध्यक्ष तेजबहादुर तामाङको रोहवरमा निस्सा वितरण सुरु गरिएको हो।

वडा न. १० मा करिब ९०० जनालाई निस्सा वितरण गरिनेछ। अघि राप्ती नगरपालिका वडा न। ११ मा भुमिहीन, सुकुम्बासीलाई निस्सा वितरण गरि सकिएको छ।राष्ट्रिय भुमी आयोगले विभिन्न पालिकाहरुमा लालपुर्जाबिहीनहरुका लागि नाप नक्साको निस्सा वितरण गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया