×

चितवन । चितवनमा मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका ५ का २३ बर्षिय समिर महतोले चोरी गरेर ल्याएको स्कुटर नियन्त्रणमा लिएको हो । उनले वास्तविक इन्जिन र चेसिस नम्बर हटाएर अन्य पुरानो मोटरसाइकलको इन्जिन र चेसिस नम्वर जोडेको भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई भरतपुर महानगरपालिका वडा नम्वर २ वाट प्रदेश ०२–०३–०२३ प ००७९ नम्वर लेखिएको स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सो स्कुटर बारा जिल्ला निजगढ नगरपालिका वडा नम्वर १ घरभई कालिका नगरपालिका वडा नम्वर ५ बस्ने ३० बर्षिय धन बहादुर वाईबाले दिएका थिए । सो क्रममा वाईबालाई खोजतलाश गर्दा भरतपुर महानगरपालिका वडा नम्वर १० स्थित सडकमा नम्वर नलेखिएको चोरी गरी ल्याएको मोटरसाइकलसहित फेला पारेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया