पूर्वी चितवनमा जीएसटी कलेजले ‘लन्चप्याड २.०’ आयोजना गर्दै
चितवन । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वी चितवनकै पहिलो बीबीए कलेज, जीएसटी कलेजले प्लस टु उत्तीर्ण गरेका तथा नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि ‘लन्चप्याड २.०’ कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार आयोजित एक पत्रकार सम्मेलनमार्फत कलेजले उक्त जानकारी दिएको हो।
कलेजका अनुसार यो विशेष कार्यक्रम यही श्रावण १० गते बिहान ११ बजे रत्ननगर–१, निपनीस्थित होटल स्टार चितवनमा सञ्चालन हुनेछ। यस वर्षको कार्यक्रमको मुख्य नारा (थिम) ‘फ्रम ब्रेन ड्रेन टु ब्रेन गेन :...


