चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।महतो आफ्ना १० जना साथीहरूसँग मगलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।
लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लाग...