प्रशासकीय अधिकृत बस्नेतमाथि आक्रमणका मुख्य योजनाकार तामाङ महोत्तरीबाट पक्राउ
चितवन - चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै भएको साङ्घातिक आक्रमणका मुख्य योजनाकार लालबहादुर तामाङ पक्राउ परेका छन् । गत असार १८ गते गाउँपालिका कार्यालयभित्रै भएको हिंस्रक घटनापछि फरार रहेका निर्माण व्यवसायी तामाङलाई प्रहरीको विशेष टोलीले महोत्तरीमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङलाई थप कानुनी कारबाहीका लागि आजै चितवन ल्याइँदै छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यो घटनाको चुरो...


