नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता
गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा आज (मङ्गलबार) दिउँसो ३:३० बजे ती बालक बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नारायणी नदीमा दुई जना बालक पौडी खेल्न गएका थिए । "नदीमा पौडी खेल्न गएका दुई जनामध्ये एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ," प्रहरी निरीक्षक गिरीले भन्नुभयो, "बेपत्ता भएका अर्का बालकको खोजीकार्य जारी छ ।"
दुवै बालकको हालसम्म पहिच...


