चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ ।भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो ।
भरतपुरलाई देशको नुमान र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मौदानमा उत्रिरहेको उहाँको भनाई थियो ।‘हामी कहिले पनि थाकेका छैनौ, उहाँले भन्नुभयो,‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । रोकिनेवाला पनि छौनौ । विकासको लागि सकेको कोशिस गरिराखेका छौ । लागि परिराखेका छौ ।’
मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिनुभयो ।त्यस्तै निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कामलाई अगाडि बढाउन कार्यदल बन्दै छ, यो कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उहाँको भनाई छ ।
यी दुवै कामलाई अगाडि बढाउन मन्त्रीपरिषदबाट निर्णय गर्ने गरी कामहरु अघि बढेको मेयर दाहालले उल्लेख गर्नुभयो ।भरतपुरबाट अबको केही समयमा विषेशज्ञसहितको स्वास्थ्यसेवा लिन स्वदेशबाट मात्रै नभई छिमेकी देशबाट पनि विरामी आउने सम्भावना बढेको उहाँको धारणा थियो ।
भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्यान्सर अस्पताल र ठुला निजी अस्पतालहरु रहेका छन्, अब केन्द्रीय शिक्षक अस्पताल, आर्युवेद अस्पताल र प्रकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ–मेयर दाहालले भन्नुभयो ।
भरतपुर आँखा अस्पतालले विषेशज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेसँगै थप चुनौती र जिम्मेवारी थपिएका उहाँको भनाइ थियो ।भरतपुर आँखा अस्पतालले यो गुणस्तर चिन्ह प्राप्त गरेर भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालबीच राम्रो सहकार्यको नमुना प्रस्तुत भइरहेको भन्दै मेयर दाहालले आँखा अस्पतालको गुणस्तर विकासमा महानगर सहयात्री बन्ने बताउनुभयो ।कार्यक्रममा युनाईटेड रजिष्ट्रार्डका कन्ट्री डाईरेक्टर प्रकाश पौडेलले नेपाल नेत्रज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।



उज्यालो खबर




