चितवन । चितवनको रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा छविलाल सुवेदी आउनु भएको छ ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा रहनुभएका सुवेदी रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा आउनुभएको हो ।

रत्ननगर नगरपालिका चितवनमा आजैदेखि प्रमुख प्रशाासकीय अधिकृत सुवेदीले कार्यभार सम्हाल्नु भएको छ ।उहाँलाई नगर प्रमुख प्रलाद सापकोटा र नगर उपप्रमुख यादव पाठकले ले स्वागत गर्नुभएको थियो ।

रत्ननगरको विकास र सेवाप्रवाहलाई प्राथमकितामा राखेर काम गर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहकार्यमा अघि बढ्ने बताउनुभयो ।कुशल प्रशासकका रुपमा चिनिनु भएका सुवेदीले नेपाल सरकारबाट उत्कृष्ट निजामती पुरस्कार समेत पाईसक्नु भएकाे छ ।

रत्ननगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनुभएका शिशिर पौडेलको दोलखाको भिमेश्वर नगरपालिकामा सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया