×

चितवन । चितवनको सौरहामा रहेको गैरीबारी रिसोर्टले आन्तरिक पर्यटकहरुका लागि लक्षित गर्दै बर्षात विशेष अफर योजना सार्वजनिक गरेको छ । पर्यटकहरुको आवागमन बढाउन र रिसोर्टलाई चलायमान बनाउनका लागि बर्षात विशेष अफर ल्याइएको रिसोर्टका सञ्चालक शिव प्रसाद भूसालले बताउनुभयो । एकरात र २ दिनको सो प्याकेज यहि साउन मसान्तसम्म रहने उहाँले बताउनुभयो ।

आन्तरिक पर्यटकहरुको चहलपहल बढाउन र नेपालीहरुको लागि पनि सौरहा खास महंगो छैन भन्ने सन्देश दिनका लागि बर्षात विशेष अफर योजना ल्याएका हौं भूसालले भन्नुभयो । विदेशी पर्यटहरुको आवागमन नभएको तथा रिसोर्टलाई समेत चलायमान बनाउका लागि यो प्याकेज प्रभावकारी हुने गैरीबारी रिसोर्टले जनाएको छ ।

वर्षात विशेष अफरमा ४ हजार ५ सय पर्ने प्याकेजलाई पाहुनाहरुले २ हजार ३ सय रुपैयामै पाउनेछन् । सो प्याकेजमा बेलुकीको खाना, एसी सहितको कोठा, जिप मार्फत सौरहकाको दृश्य अवलोकन, हात्ती प्रजनन केन्द्र र संग्राहलय तथा साँस्कृतिक कार्यक्रमको अवलोकन, विहानको खाना खाजा तथा चिया कफी लगायतका सुविधाहरु प्राप्त गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया