×

मध्य नेपाल

नेकपा एमाले महाधिवेशनमा उम्मेदवार नै मतदानमा सहभागी भएनन्

नेकपा एमाले महाधिवेशनमा उम्मेदवार नै मतदानमा सहभागी भएनन्
नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्वमा दाबी गरेका उम्मेदवार नै मतदान प्रक्रियामा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको पाइएको हो। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मतदानमा अनुपस्थित उम्मेदवारहरूको सूचीमा अर्यालको नाम समावेश भएपछि यसबारे पुष्टि भएको हो। यस सम्बन्धमा  कुरा गर्दै अर्यालले आफूले ‘नो भोट’ प्रयोग गरेको बताए। उनले भने, “नो भोट पनि हुन्छ कहिलेकाहीँ, मैले भोट सदुपयोग गरेँ।”...

एमाले निर्वाचन आयोग प्रवक्ता भन्छन्– साढे १० बजेभित्र रिजल्ट आउट गर्छौं

एमाले निर्वाचन आयोग प्रवक्ता भन्छन्– साढे १० बजेभित्र रिजल्ट आउट गर्छौं
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भने, ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे १० बजेसम्ममा रिजल्ट आउट गर्ने हो ।’ भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२...

एमाले महाधिवेशन – नेतृत्व चयन गर्न आज मतदान हुँदै

एमाले महाधिवेशन – नेतृत्व चयन गर्न आज मतदान हुँदै
काठमाडौं - नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो । मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ ।एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम मंगलबार नै सकिएको...

एमाले महाधिवेशन- मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

एमाले महाधिवेशन- मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने
काठमाडौं । एमालेको मतदान स्थगित भएको छ ।भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् ।आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक सम...

एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान हुने

एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान हुने
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।मतदान भोलि बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत...

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १९ जना घाइते

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस...

एमालेमा मतदान चार बजेपछि, मत हाल्न ४० मिनेट लाग्ने

एमालेमा मतदान चार बजेपछि, मत हाल्न ४० मिनेट लाग्ने
काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।एमालेले विद्युतीय उपकरण मार्फत् मतदान गर्न लागेको हो।नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा छन्। प्राविधिक लक्ष्मण रिमालका अनुसार सोमबार राति एक बजे एमाले निर्वाचन आयोगले उम्मेदवारको फाइनल लिस्ट दिएको थियो।निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले अहिले उम्मेदवारको फोटो कोडिङ गरिरहेको छ। प्राविधिक र...

आन्दोलनबाट खारिएको युवा नेता दिपेन्द्र सुनारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

आन्दोलनबाट खारिएको युवा नेता दिपेन्द्र सुनारीको केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता तथा बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दिपेन्द्र सुनारीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा आदिवासी जनजाति युवा कोटाबाट उम्मेदवारी दर्ता गराएका छन्। परिपक्व नेतृत्वको अनुभव, आन्दोलनबाट खारिएको राजनीतिक चेतना र सशक्त युवा जोशलाई एकसाथ बोकेर उम्मेदवारी दिएको अध्यक्ष सुनारीले बताएका छन्। लामो समयदेखि पार्टी संगठन निर्माण, वैचारिक स्पष्टता र जनताको हक–हितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पार्टीलाई अझ ...

मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ
गैँडाकोट - गैँडाकोटस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा दानपेटिकाबाट रकम चोरी तथा सीसी क्यामेराको हार्डडिस्क लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जना युवक र मन्दिरकै एक कर्मचारीलाई पक्राउ गरेको छ। मंसिर २६ गते भएको उक्त घटनामा संलग्न भएको आशंकामा मन्दिरका सहायक व्यवस्थापक छवि खनाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका युवकहरूले प्रारम्भिक बयानमा चोरी तथा लुटपाट मन्दिरकै कर्मचारी खनालको सहयोगमा गरिएको स्वीकार गरे...