×

काठमाडौँ । ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह  बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् ।

‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । जनताको खुसी हुने काम गरेँ,’ उनले  भने, ‘चुनाव त मेरो प्राथमिकतामा छैन । धेरै नेशनल समस्या हल गर्नुपर्ने छ । अब १-२ तारिक (जनवरी) मा सिभिलियन फोर्स गठन गर्छौँ । सबै नेपालीलाई एकै छातामा राख्ने काम गर्छौँ ।’

उनले आफ्नो मिसन नेपाललाई डिजिटल रुपमा एक ठाउँमा कसरी जोड्ने भन्नेमा रहेको पनि बताए ।

‘यो फोर्समार्फत टोलदेखि, गाउँदेखि समस्याहरू केन्द्रमा पुर्‍याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पहिलो त उहाँहरू (रवि, बालेन र कुलमान) लाई मिलाउने थियो मिलाएँ ।’

आज कुलमानलाई रवि र कुलमानसँग वार्ता गर्नका लागि एक ठाउँमा बस्ने वातावरण बनाएको पनि उनको दाबी छ ।

‘आज कुलमान दाइलाई उहाँहरू (रवि-बालेन) भएको ठाउँमा लिएर गएँ र भनेँ- तीन जना भएर देश चलाउनुपर्‍यो,’ उनले थपे, ‘हामी यति लड्यौँ । कांग्रेस-एमाले त मिले तपाईंहरू हाम्रो लागि मिल्न नसक्ने? भनेपछि तीन जना बस्नु भयो । रिजल्ट पनि आयो ।’

तपाईको प्रतिक्रिया