×

मध्य नेपाल

एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान

एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । जस अनुसार, भोलि  बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि  बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ...

निकेश बाबु स्मृति प्रतिष्ठानद्वारा ११९ युनिट रगत संकलन

निकेश बाबु स्मृति प्रतिष्ठानद्वारा ११९ युनिट रगत संकलन
निकेश बाबु स्मृति प्रतिष्ठानको पाँचौँ वार्षिक साधारण सभाको अवसरमा सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ महिला र ८६ पुरुषसहित कुल ११९ युनिट रक्त संकलन गरिएको छ। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी कार्यक्रमका प्रमुख अतिथि थिए। मेयर अधिकारीले रक्तदानलाई “जीवन बचाउने साझा मानवता” भन्दै नियमित रक्तसंकलन अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताए। प्रतिष्ठानकी अध्यक्ष चोक्षा देवी देवकोटा कँडेलले सामाजिक जिम्मेवारीका कामलाई संस्थ...

कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गरौँ – सुरेन्द्र पाण्डे

कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गरौँ – सुरेन्द्र पाण्डे
  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्ने हो भने एमालेलाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरेका छन् । ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा एमालेभित्र केही नेताले नाम पढेर वा सूचना टाँसेर कमिटी बनाउने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए । पाण्डेले भने-आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन ...

“एमालेमा राजनीतिक हलचल: बस्नेतले उद्घाटित गरे ओली पक्राउको योजना”

“एमालेमा राजनीतिक हलचल: बस्नेतले उद्घाटित गरे ओली पक्राउको योजना”
काठमाण्डौ – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने सल्लाह भएको दाबी गरेका छन्। बस्नेतले आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो दाबी गर्दै यसलाई ‘षड्यन्त्रको नयाँ खेल’ भनेर उल्लेख गरेका छन्। उनले लेखेका छन्, “दुई दिनअघि मात्रै प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।” बस्नेतका अनुसार, यो घटनालाई हालै...

मौलाकालिका मन्दिरबाट करिब दुई तोला सुन हरायो

मौलाकालिका मन्दिरबाट करिब दुई तोला सुन हरायो
नवलपुर - गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा करिब एक वर्षअघि फेला परेको दुई तोला सुन हराएको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मन्दिरको दराजमा सुरक्षित रूपमा राखिएको सुन करिब २० दिनअघि देखि नदेखिएको पाइएको हो। मन्दिर परिसरमा भेटिएको सुन कार्यालयको दराजमा सुरक्षित राखिएको थियो। तर हाल दराजमा सुन नदेखिएपछि समितिले आन्तरिक छानबिन तथा अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ।समितिले सुन कसरी हरायो भन्ने विषयमा तथ्य–अनुसन्धान अघि बढाइरहेको छ।...

एनपिएल : फाइनल पुग्न विराटनगर र लुम्बिनीबीच दोस्रो क्वालिफायर

एनपिएल : फाइनल पुग्न विराटनगर र लुम्बिनीबीच दोस्रो क्वालिफायर
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेश गर्ने अवसर पाएको हो। लुम्बिनी लायन्स भने इलिमिनेटर खेलमा काठमाडाैँ गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो...

सरकार जेनजी सम्झौता- सुदनलाई ‘जेठो छोरो’ भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद

सरकार जेनजी सम्झौता- सुदनलाई ‘जेठो छोरो’ भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग भएको सम्झौतालाई ऐतिहासिक रेकर्ड बनेको दाबी गरेकी छिन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ भएको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् । सो क्रममा उनले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सम्बोधन गरिन् । ‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि ध...

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल पूर्ण प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल पूर्ण प्रतिबन्ध
अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गरेको छ। यो नियम बुधबारदेखि लागू भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सरकारकाे निर्णयपछि फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड्स, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता १० प्रमुख सामाजिक सञ्जाल प्लेटफर्म अब १६ वर्षमुनिका बालबालिकाले प्रयोग गर्न पाउने छैनन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अष्ट्रेलियाली अभिभावकका...

सिन्धुपाल्चोक–१ बाट मोहनबहादुर बस्नेत प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल सिफारिस

सिन्धुपाल्चोक–१ बाट मोहनबहादुर बस्नेत प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल सिफारिस
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ। फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसँगै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले क्षेत्र नम्बर–१ को बैठक तथा छलफलपछि मोहनबहादुर बस्नेतलाई प्रत्यक्षतर्फका लागि सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए। यसअघि २०७९ मङ्सिरमा वहाल भएका प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। कांग्...