देउवाले भने- अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्छु
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार हुनेबारे पार्टीका कार्यकर्ताहरूलाई जानकारी दिन थालेका छन्।
गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।
‘सभापतिज्यूसँग आज कुराकानी गरेको थिएँ, उहाँले अन्तिम पटक म डडेल्धुराबाट प्रतिनिधि ...


