×

मध्य नेपाल

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो ।बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रप...

चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । भोलि ४ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् ।यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो। भोलिको छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ । बैठक माघ ११ गते राष्ट्रियसभा र फाग...

विनयी त्रिवेणीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी स्थानीयले पाए सेवा

विनयी त्रिवेणीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी स्थानीयले पाए सेवा
नवलपुर- नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिका–४, दीपेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आज बृहत् विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई लक्षित गरी गरिएको उक्त शिविरमा करिब ६०० भन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। कार्यक्रम उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नवलपुर संघीय निर्वाचन क्षेत्र–२ का निवर्तमान सांसद माननीय ...

एनपिएल- आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

एनपिएल- आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग  अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४:०० बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरीरअविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई ...

माडी–ठोरी सडकखण्डको पटारी खोलाको पुल ठेक्का रद्द, ठेकेदार सम्पर्कविहीन

माडी–ठोरी सडकखण्डको पटारी खोलाको पुल ठेक्का रद्द, ठेकेदार सम्पर्कविहीन
काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माणको ठेक्का सरकारले रद्द गरेको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत वीरगञ्जस्थित आयोजना योजना कार्यालयले आज सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो। ४१ मिटर लामो पुल निर्माणको जिम्मा लोहनी एण्ड ब्रदर्स प्रालि, भरतपुरले पाएको थियो। तर काम सुरु नगरी अलपत्र छाडेको र ठेकेदार कम्पनीका प्रतिनिधि लामो समयदेखि सम्पर्कविहीन भएकाले ठेक्का रद्द गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयले ...

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठन, रूपान्तरण र सामूहिक नेतृत्वलाई अघि बढाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। विज्ञप्तिमा पोखरेलले पार्टीलाई “निर्णायक राष्ट्रिय शक्ति” का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्रका कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वल...

महेश बस्नेतमाथि बेलुन हान्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ – सभापति शेर्पा

महेश बस्नेतमाथि बेलुन हान्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ – सभापति शेर्पा
काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् ।बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् । संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् । वक्तव्यमा शेर्पाले भनेका छन्- नेकपा एमाले र अखिलसँग ह...

फेन्सी व्यवसायी संघको सर्वसम्मत निर्णयः उपाध्यक्षमा शंकरप्रसाद घिमिरे

फेन्सी व्यवसायी संघको सर्वसम्मत निर्णयः उपाध्यक्षमा शंकरप्रसाद घिमिरे
चितवन - फेन्सी व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि उपाध्यक्षमा शंकरप्रसाद घिमिरेलाई अघि बढाउने निर्णय गरेको छ। केहिदिन अघि बसेको संघको बैठकले घिमिरेलाई सर्वसम्मत रूपमा समर्थन गर्ने निर्णय गरेको हो। फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले  घिमिरे व्यवसायीको हकहितमा निरन्तर सक्रिय, अनुभवी तथा कार्यदक्ष व्यक्तित्व भएको उल्लेख गर्दै संघले सक्षम नेतृत्वलाई अघि सार्न पाउँदा खुसी व्यक्त गरे। “चितवनका व्यवसायीका मुद्दा बुझ्ने, समाधानमा ...