×

मध्य नेपाल

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु
चितवन - चितवनको भरतपुर महानगरपालिका १४ बरौजी चोकमा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना दिउँसो १२:२० बजे भएको प्रहरीले जनाएको छ। भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्बरको स्कूटर र बिपरित दिशाबाट आइरहेको बा प्र ०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल ठोक्किएपछि पछाडिबाट आइरहेको बा प्र ०६–०१ क ०२०६ नम्बरको सेन्ट्रल कलेजको बसले  मोटरसाइकलमा ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। बसको ठक्करबाट गम्भीर घाइते भरतपुर–२२ पटिहानीका...

विवाह पञ्चमी महोत्सव : आज पहिलो दिन नगरदर्शन

विवाह पञ्चमी महोत्सव : आज पहिलो दिन नगरदर्शन
धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम छ । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवा विधिसहित समापन हुनेछ । महोत्सवको तयारी अहिले तीव्र रुपमा भइरहेको छ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरस...

गैडाकोट एप्रोचमा कालोपत्रे, नारायणी पुल मंसिर ५ र ६ गते राति बन्द

गैडाकोट एप्रोचमा कालोपत्रे, नारायणी पुल मंसिर ५ र ६ गते राति बन्द
निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटतर्फ रहेको नारायणी पुलको एप्रोच सडकमा कालोपत्रे गर्ने कामका कारण मंसिर ५ र ६ गते राति पुलमा सवारी आवत–जावत पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला सडक आयोजनाले  सूचना सार्वजनिक गर्दै दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुल प्रयोग गर्न नपाइने जनाएको हो। आयोजनाले पुलमा ट्राफिक व्यवस्थापन गर्न सवारी रोक्ने स्थानसमेत तोकेको छ। बुटवलतर्फबाट नारायणघाटतर्फ आउने यात्रुवाहक सवारीका लागि थुम्सीदेखि भेडाबारीसम्म र मालवाहक सवारीका ल...

एक वर्षमै शिखर: लक्ष्मी घिमिरे पाण्डे २०२६ का लागि COT बन्न सफल

एक वर्षमै शिखर: लक्ष्मी घिमिरे पाण्डे २०२६ का लागि COT बन्न सफल
गैडाकोट-  आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि कोट अफ दि टेबल (COT) बन्न सफल हुनुभएको छ ।  उहाँ २०८१ सालमा इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नुभएको थियो र मात्र एक वर्षको अवधिमा विश्वस्तरीय मानिने मिलियन डलर राउण्ड टेबल (MDRT) अन्तर्गतको COT लक्ष्य हासिल गरी विशिष्ट उपलब्धि हात पार्नुभएको हो। कम्पनीका अनुसार उहाँ २०२६ का लागि आइएमई लाइफकी पहिलो MDRT र COT एजेन्सी म्यानेजर समेत बन्नुभएको छ। विभिन्न चुनौती र बाधाबीच निर...

महेश बस्नेतको आरोप – ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’

महेश बस्नेतको आरोप – ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’
काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रमका लागि सिमरा जान लाग्दा जेन जेड युवाहरू आन्दोलित भएका थिए। विमानस्थलसम्म तोडफोड गर्ने तहमा युवाहरू उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएका छन्। तर, सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिक रूपमा गलत कार्य भएको बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा एयरपोर्ट...

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए ।तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर क...

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले  भने । अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्यो । अह...

सुनको मुल्य तोलामा ३८ सयले घट्यो

सुनको मुल्य तोलामा ३८ सयले घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर ३०९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३१५५ मा कारोबार भएको थियो ।

आफ्नै नेताको घर जलाउने तरुण दलका प्रदेश सभापतिसहित चार पक्राउ

आफ्नै नेताको घर जलाउने तरुण दलका प्रदेश सभापतिसहित चार पक्राउ
गैँडाकोट । जेन्जी आन्दोलनका नाममा आफ्नै पार्टी नेताको घर जलाउने नेपाली कांग्रेसका ४ कार्यकर्ता पक्राउ परेका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’का तरुण दल सभापति अमित गिरीसहित चार जना कांग्रेस कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मधु नेपालले जानकारी दिए । अध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।