×

मध्य नेपाल

दुर्गा प्रसाईं समातिएपछि प्रशंसक सडकमा आउन सक्ने भन्दै उपत्यकामा प्रहरीको उच्च सतर्कता

दुर्गा प्रसाईं समातिएपछि प्रशंसक सडकमा आउन सक्ने भन्दै उपत्यकामा प्रहरीको उच्च सतर्कता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । उनले मंसिर ७ गतेबाट आन्...

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा ग...

दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष, सुजनको राजीनामा स्वीकृत

दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष, सुजनको राजीनामा स्वीकृत
काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले बताए ।उनले भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छ...

नेपाली क्रिकेटको महाकूम्भ एनपिएल आजदेखि

नेपाली क्रिकेटको महाकूम्भ एनपिएल आजदेखि
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट सुरु हुने प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ। खेल बेलुकीसम्म चल्ने भएकाले कम्त...

दुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा

दुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा
काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ नामक नयाँ राजनीतिक दल गठन गरिएको छ। दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेको छ। आयोगमा दर्ता गरिएको निवेदनअनुसार पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन्। प्रसाईंले केही समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका थिए। सोही अभियानसँग मिल्दोजुल्दो नाममा नयाँ राजनीतिक दल गठन गरिएको बताइएको छ।नयाँ पार्टीका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्...

उपचारबाट फर्किएका देउवा सक्रिय, कांग्रेस विवादबारे चार नेतासँग छलफल

उपचारबाट फर्किएका देउवा सक्रिय, कांग्रेस विवादबारे चार नेतासँग छलफल
काठमाडौं - सिंगापुरमा उपचार गराएर शुक्रबार राति स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्केलगत्तै पार्टी राजनीतिकतर्फ सक्रिय भएका छन्। शनिबार साँझ उनले संस्थापन पक्षका चार नेतालाई बोलाएर पार्टीभित्रका विवादबारे विस्तृत छलफल गरेका हुन्। जेनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवा हाल चुनदेवीस्थित भाडाको निवासमै बस्दै आएका छन्। त्यही निवासमा शनिबार साँझ प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की भेट्न पुगेका थिए। दुई घ...

चितवनको तोडफोड- आगजनीमा आपराधिक पृष्ठभूमिको संलग्नता, २८ जना पक्राउ

चितवनको तोडफोड- आगजनीमा आपराधिक पृष्ठभूमिको संलग्नता, २८ जना पक्राउ
चितवन-  जेनजी पुस्ताको प्रदर्शनका क्रममा चितवनका विभिन्न स्थानीय तहमा भएको तोडफोड र आगजनीमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता भेटिएको छ। प्रहरीले घटनामा सहभागी केही व्यक्तिहरू विगतमा लागुऔषध, चोरीदेखि ज्यान मार्ने उद्योगसम्मका मुद्दामा सजाय भोगिसकेको खुलाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार २८ जनालाई नियन्त्रणमा लिइएको छ। तीमध्ये १६ जना प्रहरी हिरासतमा छन् भने १२ जना हाजिरी जमानीमा रिहा भएका छन्। उनीहरू सबैविरुद्ध विस्तृत अनुसन्धा...

बिहारकी सबैभन्दा कान्छी सांसद बनिन् गायिका मैथिली ठाकुर

बिहारकी सबैभन्दा कान्छी सांसद बनिन् गायिका मैथिली ठाकुर
भारतको बिहार विधानसभामा गायिका मैथिली ठाकुर सबैभन्दा कान्छी सांसद बनेकी छन्। दरभंगाको अलिनगर निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार ठाकुर २५ वर्षकै उमेरमा विजयी हुँदै राजनीतिमा ऐतिहासिक प्रवेश गरेकी हुन्। अलिनगरमा भएको मतगणनामा ठाकुरले ८४ हजार ९१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्राले ७३ हजार १८५ मत ल्याए। चुनावको केही समयअघि मात्र भाजपा प्रवेश गरेकी ठाकुरले पहिलोपटक नै ठूला अन्तरले जित निकाल्न सफल भएको जनाइएको छ।...

अस्ट्रेलियामा सडक दुर्घटना : चितवनका एकै परिवारका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सडक दुर्घटना : चितवनका एकै परिवारका तीन जनाको मृत्यु
चितवन- अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको कार दुर्घटनामा चितवनका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।दुर्घटनामा ४१ वर्षीय पुरुष (बाबु), ३१ वर्षीया महिला (आमा) र तीन वर्षीय बालक (छोरा) को घटनास्थलमै मृत्यु भएको हो। उनीहरूसँगै यात्रा गरिरहेकी मृतक महिलाकी आमा गम्भीर घाइते भएकी छन्। घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। सब–वेबाट मुख्य सडकमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ...