×

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गराउन निरन्तर दबाब दिइरहेको आरोप लगाएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व परिवर्तन समेत त्यसैका लागि गरिएको दाबी गरे।

उनका अनुसार प्रधानमन्त्री कार्कीले विभागका तत्कालीन प्रमुखलाई आफू अनुकूल ढंगले काम गर्न बारम्बार दबाब दिए पनि पदाधिकारीले अस्वीकार गरेपछि उनलाई सरुवा गरेर नयाँ व्यक्ति नियुक्त गरिएको हो।

ओलीले भने, “गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर अनेक प्रेसर दिनुभयो। त्यहाँका डाइरेक्टरले ‘यो झुटो काम म गर्न सक्दिनँ, गैरकानूनी कुरा छैन, कानुनमा आधार छैन’ भनेर मानेनन्। अनि त्यही कारणले तुरुन्तै हटाइयो र अर्काे डाइरेक्टर ल्याइयो। प्रधानमन्त्रीबाट यस्तो व्यवहार हुनु दुःखद हो।”

अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेर “गर्न नहुने काम गरेको” आरोप पनि लगाए।

तपाईको प्रतिक्रिया