×

मध्य नेपाल

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री र गृहसचिवसँग बयान लिइँदै

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री र गृहसचिवसँग बयान लिइँदै
काठमाडौँ । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री र गृहसचिवसँग बयान लिने तयारी गरेको छ । प्रशासन सिंहदरबारस्थित विशेष स्रोतका अनुसार आयोगले उक्त प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई बयानका लागि बोलाउने तयारी गरेको हो । “उच्च नेतृत्वलाई नै बयानका लागि बोलाउने निर्णय भएको छ,” स्रोतले भन्यो, “अनुसन्धानले देखाएको आधारमा सम्भवतः यही साताभित्र दुवै जनालाई बोलाएर बयान लिने तयारी ...

राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिने

राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिने
काठमाडौं । राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिने भएको छ ।निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागेको हो ।यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । छलफलमा आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्ड...

चितवनको मायाटार नजिक बलेरो दुर्घटना, चारजना घाइते

चितवनको मायाटार नजिक बलेरो दुर्घटना, चारजना घाइते
चितवन- चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–२ हपनीमा आजसाँझ बलेरो गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।आजसाँझ करिब ६:१५ बजे फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं. को हपनी कृषिको बलेरो गाडी सडकबाट करीब ५०० मिटर तल खसेको छ। घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी मायाटारबाट प्र.स.नि. चरी बहादुर तामाङको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको छ। दुर्घटनामा चालकसहित चारजना सवार रहेकामा हाल नाम, थर र ठेगाना नखुलेका मध्ये एक जना गम्भीर, एक जना मध्...

रास्वपाले भन्यो- विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता तत्काल सुरु गरियोस्

रास्वपाले भन्यो- विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता तत्काल सुरु गरियोस्
काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी रास्वपाले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गर्दछौं,’ रास्वपाले गृहमन्त्री ...

दुई सिफ्टमा मतदाता नामावली संकलन, नाम दर्ता गर्न आयोगको अपिल

दुई सिफ्टमा मतदाता नामावली संकलन, नाम दर्ता गर्न आयोगको अपिल
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले अपिल जारी गरेर २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो । नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नको लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भईरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको ...

कांग्रेसमा मंसिर २४ गते विशेष महाधिवेशनको प्रस्ताव

कांग्रेसमा मंसिर २४ गते विशेष महाधिवेशनको प्रस्ताव
काठमाडौं — नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेबाट विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले उक्त मितिको प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव ल्याएको बताए। आचार्यले भने, “नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मंसिर २४ गते — जुन दिन मंगला देवी सिंहको जन्मजयन्ती पर्छ — त्यस दिनबाट विशेष महाधिवेशन आयोजना गरौं भन्ने प्रस्ताव मैले गरेको हुँ।” सहमहामन्त्री म...

ओलीको स्पष्टोक्ति : “मर्न परे पनि देशमै मर्छु, भाग्दिन”

ओलीको स्पष्टोक्ति : “मर्न परे पनि देशमै मर्छु, भाग्दिन”
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू देश छाडेर नभाग्ने स्पष्ट बताएका छन्।एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई “फेद न टुप्पोको आकाशबेली सरकार” को संज्ञा दिएका हुन्। ओलीले भने, “अहिले यो फेद न टुप्पोको सरकार हो, जरा पनि छैन, हाँगा पनि छैन। एउटा पहेंलो लहरो हुन्छ नि, आकाशबेली जस्तै — कहाँबाट पलायो, कहाँबाट ? यही सरकारले हामीजस्ता कमिटमेन्ट भएका मान्छेलाई पासपोर्ट...

बेलायतका राजदूत चन्द्र घिमिरेको राजीनामा: “राज्यले डिग्निटी नदिएपछि काम गर्न सकिन्न”

बेलायतका राजदूत चन्द्र घिमिरेको राजीनामा: “राज्यले डिग्निटी नदिएपछि काम गर्न सकिन्न”
काठमाडौँ । बेलायतबाट फिर्ता बोलाइएका नेपालका राजदूत चन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । सरकारको निर्देशनअनुसार नेपाल फर्किएका घिमिरेले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत तीन दिनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि मंगलबार साँझ नेपाल फर्किएका घिमिरेले राजीनामा पत्रमा ‘राज्यले मर्यादा (डिग्निटी) नदिएपछि काम गर्न नसकिने’ उल्लेख गरेका छन् ।“देशकै प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा ...

ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो

ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर अपशव्द बोलेर लेखेर घृणा फैलाउनेहरूले धेरै अघिदेखि नै समाजलाई भ...