किसान श्रेष्ठले भने– हामी मूल घर फर्किंदै छौं, हाँसेर बोल्दिए पुग्छ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा निस्शर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’
‘हामी निस्शर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु,’ श्रेष्ठले थपे ।पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले...


