गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै आमाबुवामाथि हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छन्।
२३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा धनबहादुर बिक (करिब ५० वर्ष) र आमा दिलमाया बिक (४८ वर्ष)माथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए। घटनास्थलमै धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए।गम्भीर घाइते आमा दिलमायालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल तम्...


