×

मध्य नेपाल

स्नातकमा आईटी नपढेकालाई पनि स्नातकोत्तरमा आईटी पढ्न सघाउने पीजीडीसीए कोर्स

स्नातकमा आईटी नपढेकालाई पनि स्नातकोत्तरमा आईटी पढ्न सघाउने पीजीडीसीए कोर्स
काठमाडौँ । अधिकांश सङ्कायमा स्नातक तह चौथो वर्षको परीक्षाफल आइसकेको छ । स्नातक तह पास गरेर बसेका विद्यार्थी अहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने विषयमा योजना बनाइरहेका छन् । ती मध्ये केही विद्यार्थीले स्नातकोत्तर तहमा आईटीसँग सम्बन्धी विषय पढ्ने बारे पनि पक्कै सोचेका होलान् । स्नातक तहमा आईटीसँग सम्बन्धित विषयमा पढ्ने विद्यार्थीहरूलाई त यो खासै समस्याको विषय होइन । तर अरू विषय पढेका विद्यार्थीलाई भने यो विषय पढ्न समस्या हुन्छ । किनभने स्नातकोत्तर तहमा आईटी क्षेत्रका सम्बन्ध...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा ने...

रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर

रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका सबैजसो रिट निवेदनमा राष्ट्रपति...

मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रामा नजान प्रशासनको आग्रह

मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रामा नजान प्रशासनको आग्रह
काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् । मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भने, ‘हामी हिजो साँझ यहाँ आएका थियौं । त्यतिबेला अवस्था सामान्य थियो । आज बिहान पाँच बजेतिर उठेर मन्दिर जाऔं भन्दा त हिउँ परेको रहेछ ।’ उनले बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको बताए । ‘हामी मन्दिरभन्दा ठिक तलको क्षेत्रको होटलमा छौं, यहाँ तीन–चार इञ्च हिउँ जमेको छ,’ गौतमले अनलाइनख...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ
काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । ...

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्।सोमबार छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको स्मरण गराएकी हुन्। ‘छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ,’ प्र...

आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’

आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’
धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । त्यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको सुनाए । गुप्ताले यो वर्...

रुकुमपश्चिम जिप दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ८ पुग्यो

रुकुमपश्चिम जिप दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ८ पुग्यो
रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको बेला मृत्यु भएको हो। मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया ब...