×

चितवन- चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–२ हपनीमा आजसाँझ बलेरो गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।आजसाँझ करिब ६:१५ बजे फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं. को हपनी कृषिको बलेरो गाडी सडकबाट करीब ५०० मिटर तल खसेको छ।

घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी मायाटारबाट प्र.स.नि. चरी बहादुर तामाङको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको छ।

दुर्घटनामा चालकसहित चारजना सवार रहेकामा हाल नाम, थर र ठेगाना नखुलेका मध्ये एक जना गम्भीर, एक जना मध्यम र दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाउने पहल भइरहेको बताइएको छ।

बलेरो गाडीमा क्षति पुगेको र गाडी हाल पनि घटनास्थलमै रहेको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। उक्त स्थान अस्थायी प्रहरी चौकी मायाटारबाट करिब ५ किलोमिटर उत्तर–पूर्व तर्फ पर्छ।

तपाईको प्रतिक्रिया