नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ।
फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसँगै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले क्षेत्र नम्बर–१ को बैठक तथा छलफलपछि मोहनबहादुर बस्नेतलाई प्रत्यक्षतर्फका लागि सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए।
यसअघि २०७९ मङ्सिरमा वहाल भएका प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएपछि उनी क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका थिए।
त्यस्तै, समानुपातिक तर्फ प्रेम ध्वज लामा, दोर्जे लामा र महिलातर्फ मसीना खड्कालाई सिफारिस गरिएको छ।राष्ट्रियसभा तर्फ भने वेदबहादुर श्रेष्ठ र भोला बोहोरालाई उम्मेदवारीका लागि सिफारिस गरिएको जनाएको छ।





















उज्यालो खबर










