काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग भएको सम्झौतालाई ऐतिहासिक रेकर्ड बनेको दाबी गरेकी छिन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ भएको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् ।
सो क्रममा उनले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सम्बोधन गरिन् ।
‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु ।’
उनले गृहमन्त्री, आईजीपीसहित उपस्थित मन्त्री लगायतका नाम लिएर धन्यवाद दिइन् ।लगत्तै केही जेनजीहरूले सरकारसँगको उक्त सम्झौता नमान्ने भन्दै आपत्ति जनाए । केहीबेर विवाद पनि भएको थियो ।एक जेनजीले सम्झौता नै प्रधानमन्त्रीको अगाडि च्यातिदिएका थिए ।



उज्यालो खबर




