काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हाल हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।
उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’ एमालेलाई छुने र जिस्काउने काम नगर्न ओलीले चेतावनी दिए ।



उज्यालो खबर




