×

नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्वमा दाबी गरेका उम्मेदवार नै मतदान प्रक्रियामा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको पाइएको हो।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मतदानमा अनुपस्थित उम्मेदवारहरूको सूचीमा अर्यालको नाम समावेश भएपछि यसबारे पुष्टि भएको हो। यस सम्बन्धमा  कुरा गर्दै अर्यालले आफूले ‘नो भोट’ प्रयोग गरेको बताए। उनले भने, “नो भोट पनि हुन्छ कहिलेकाहीँ, मैले भोट सदुपयोग गरेँ।”

प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए। तर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका उनीहरू दुवै ओली प्यानलको आधिकारिक उम्मेदवार सूचीमा समावेश थिएनन्।

प्यानलमा नाम नपरेपछि आफू मतदानमा सहभागी नभएको संकेत गर्दै अर्यालले भने, “नेताहरूले सूचीमा पारेनन्, म पनि घर आएर सुतेँ।”उम्मेदवार नै मतदानमा अनुपस्थित हुनु महाधिवेशनको आन्तरिक राजनीतिमा असन्तुष्टि र असहमतिका संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया