×

नेपाली बजारमा सुन र चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। बिहीबारको तुलनामा सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। बिहीबार छापावाल सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको भाउले पनि नयाँ कीर्तिमान बनाएको छ। बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ सय ६५ रुपैयाँले बढेर तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ।

महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। गत बुधबार छापावाल सुन तोलाको २ लाख ६८ हजार १ सय, मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि र स्थानीय मागको प्रभावले नेपाली बजारमा सुनचाँदीको भाउ उच्च बनेको व्यवसायीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया