काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेडका नाममा सरकारले तर्साउने गरेको बताएका छन् ।स्वयंसेवकलाई धन्यवाद दिन बिहीबार आयोजित एक कार्यक्रममा ओलीले त्रास खडा गर्ने मिडिया ट्रायल गर्ने गरेको बताएका छन् ।
उनले भने, ‘बच्चाबच्चीलाई त्रास देखाए जस्तै लौ जेनजी आयो जेनजीले यसो गर्छन् उसो गर्छन् भनेर त्रास देखाएका छन् । नवयुवाहरूको नाम फेरेर जेनजी राखिएको छ । टाठाबाठाले खाएका छन् ।’
चुनावको वातावरण बनाउन सरकारले राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्रीसहित दलहरूले छलफल गरेको बताए । उनले राष्ट्रपतिको जोड चुनाव गराउनुपर्छ भन्नेमा रहेको बताए पनि चुनावको वातावरण नरहेकोमा ओलीले जोड दिएका छन् ।
‘चुनाव विरोधी हामी होइनौँ प्रतिगमन विरोधी हौँ । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ तसर्थ हामीले संसद पुनर्स्थापनाको माग गरेका हौँ’, ओलीले भने । उनले अदालतमा मुद्दा रहेकाले फैसला पर्खिएको बताए ।
‘राष्ट्रपति प्रधानमन्त्रीले चुनाव गराऔँ भन्नु हुन्छ भने ठिक छ हामीले वातावरण बनाउनु भनेका छौँ तर खोइ वातावरण ? ’, ओलीले प्रश्न गरेका छन् ।
उनले थपे, ‘चुनावको वातावरण छैन । नेताहरूलाई बाहिर निस्कन दिँदैनौँ । हामीले भनेका छौँ र रु त्रासको वातावरण छ । जेनजीको नाममा डर देखाएको छ ।’



उज्यालो खबर




