×

मध्य नेपाल

गैंडाकोटमा लागुऔषधसहित २८ वर्षीय युवक नियन्त्रणमा

गैंडाकोटमा लागुऔषधसहित २८ वर्षीय युवक नियन्त्रणमा
गैंडाकोट- गैंडाकोट नगरपालिका–७ मा लागुऔषध कारोबारमा संलग्न एक युवकलाई प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले २८ वर्षीय सुरज भट्टराईलाई १ केजी गाँजा जस्तो देखिने लागुऔषध तथा सयौँ क्याप्सुल औषधिजन्य लागुऔषधसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार भट्टराईले लामो समयदेखि लागुऔषध लुकाइछिपाई राखी बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। सोही क्रममा आज दिउसो गैंडाकोट–७ स्थित उनको बसोबास क्षेत्रबाट पक...

सापकोटाद्वारा कांग्रेस क्षेत्र नं. १ (क) सभापतिमा उम्मेदवारी घोषणा

सापकोटाद्वारा कांग्रेस क्षेत्र नं. १ (क) सभापतिमा उम्मेदवारी घोषणा
गैडाकोट- नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) को सभापति पदका लागि गैडाकोट–२ का वडा अध्यक्ष प्रकाश सापकोटाले उम्मेदवारी घोषणा गरेका छन्। शनिवार बिहान गैडाकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत सापकोटाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै संगठनलाई जितमुखी बनाउने स्पष्ट दाबी प्रस्तुत गरेका हुन्। उनले आफू पदको आकांक्षाका कारण होइन, पार्टीको आवश्यकताका कारण मैदानमा उत्रिएको बताए। पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले नेपाली कांग...

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल निर्वाचित

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल निर्वाचित
चितवन - नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल तेस्रो पटक निर्विरोध निर्वाचित हुनुभएको छ । भरतपुरमा आज सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला र कोषाध्यक्षमा प्रकाश चापागाईं चयन हुनुभएको छ । त्यस्तै, वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने रहनु...

धरौटीमा रिहा भएपछि रवि – हिसाब मिलाउन बाँकी नै छ

धरौटीमा रिहा भएपछि रवि – हिसाब मिलाउन बाँकी नै छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको प्रतिक्रिया दिए। आफू बोल्ने समय आउने उल्लेख गर्दै लामिछानेले अझै धेरै हिसाबकिताब गर्न बाँकी रहेको बताए।उनले भने, “न्यायको यो लडाइँ मेरो मात्रै होइन। यो देशको न्यायका लागि लड्नुपर्ने कुरा हो। यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि ...

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ विहीबार नै भइसकेको छ।एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ

एमाले अध्यक्ष ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ

एमाले अध्यक्ष ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हाल हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए । उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’ एमालेलाई छुने र जिस्काउन...

बचतकर्ताको रकम सुरक्षित हुने ठहर गर्दै रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश

बचतकर्ताको रकम सुरक्षित हुने ठहर गर्दै रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश
बुटवल -उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ।न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार लामिछानेलाई पाँच सर्तसहित थुनामुक्त गर्न आदेश गरेको हो। अदालतले जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते थुनछेकका क्रममा तोकेको १ करोड रुपैयाँ धरौटी रकमलाई स्वीकार गरेको छ। त्यस्तै, लामिछानेले पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ...

महासचिवमा हारेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्य पनि गुमाए

महासचिवमा हारेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्य पनि गुमाए
  काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्...