×

चितवन- नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ।

चितवनको सौराहामा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गंगाधर भट्टराईलाई चयन गरेको छ भने उपाध्यक्षहरूमा खुल्लातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगत चयन भएका छन्।

महासचिवमा सञ्जिव कुमार भडेल निर्वाचित भएका छन्। उपमहासचिवहरूमा खुल्लातर्फ अरमेन्द्र कुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल चयन भएका छन्। सचिवमा विश्वबन्धु भण्डारी, अतिन्द्र राउत र गोविन्द प्रसाद बस्तोला निर्वाचित भएका छन्।

कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सह–कोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन्।

केन्द्रीय सदस्यतर्फ खुल्लाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेश कुमार खत्री र शैलेस रिजाल चयन भएका छन्। भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टू गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुबेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन्।

महिला आरक्षणतर्फ निलम शर्मा, रमा पौडेल, कविता ज्ञवाली र जानकी कुमारी न्यौपाने चयन भएका छन् भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन्। यस्तै, आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अंकित रावल चयन भएका छन्।

संघमा हाल एक हजार तीन सयभन्दा बढी सदस्य आबद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया